२०८१ पुष ८ सोमबार

विपद् पश्चातको जोखिम न्यूनिकरणमा गम्भीर बन्न सरकारलाई राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जालको अपिल

१६ असोज, काठमाडौँ । गत शुक्रबार र शनिबारको अविरल वर्षाका कारण मुलुकभर धेरै जनधनको क्षति पुगेको प्रति दु:ख व्यक्त गर्दै राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल (डिमान)ले विपद् पश्चात आईपर्ने समस्याप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको छ ।

बुधबार डिमाले एक विज्ञप्ति जारी गर्दै अविरल वर्षाको पूर्व जानकारी हुँदा हुँदैपनि धेरै जनधनको क्षति पुग्नुमा सरकारको फितलो तयारी र प्रकोप पश्चात समेत जनशक्ति र अन्य स्रोतसाधनको परिचालनमा कमजोरी देखिएको औल्याएको छ । साथै अब प्रकोप पश्चात पनि स्वास्थ्य महामारीका साथै अन्य विकराल समस्या आउन सक्ने भन्दै डिमानले यता तर्फ सरकारले ध्यान पूर्र्याउनुपर्ने भन्दै सचेत गराएको छ । डिमानले आफ्नो विज्ञप्तिमा

गत असोज ११ देखि १३ सम्म देश भर परेको अविरल भारी बर्षाले देशका विभिन्न जिल्लाहरुमा ठूलो जनधनको क्षति पुगेको उल्लेख गरेको छ र साथे यस विपद्बाट २ सय २४ जनाको मृत्यु, २४ जना वेपत्ता, १ सय ५८ जना धाइते, १२ सय भन्दा बढी घरहरुमा क्षति र धेरै घरपरिवार विस्थापन र अर्बौँको सम्पत्तिमा क्षति भएको समाचारहरु प्रकाशमा आएका भन्दै विवरण समावेश गरेको छ । यस दुखद परिस्थितिमा अकालमा ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली सहित मृतकका परिवारजनहरु प्रति सम्वेदना तथा घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत डिमानले गरेको छ ।

वज्ञप्तिमा यस पटकको वाढी, पहिरो, डुवानबाट कतिपय राजमार्ग र भित्र सडकहरु क्षतविक्षत बनेको, कतिपय बजारहरुमा गभीर क्षति पुर्याएको तथा प्रभावितहरुको खाना, वस्ने वास, लत्ताकपडा र औषधी उपचार, खानेपानी, सरसफाई, सडक, विजुली, सञ्चार समेतका भौतिक संरचना नष्ट भएको कारण सुविधाको अवस्था असहज वन्न पुगेको उल्लेख छ । दुषित खानेपानी र सरसफाइजन्य रोगका कारण महामारीको समस्या बढ्ने र बजारमा कृतिम अभाव, कालोबजारी बढ्ने, प्रभावितहरुमा मनो-सामाजिक परामर्शको प्रदान गर्नुपर्ने संकेतहरु देखिएका र यस विपद्पूर्ण अवस्थामा प्रभावितहरुलाई राहत र उद्धारको तत्काल खाँचो परिहेकाले पीडीतहरुको राहतका लागि तत्काल नेपाल सरकारको तर्फबाट देखाएको तत्परता र विभिन्न गैर सरकारी सामाजिक संघ संस्थाहरुबाट भैरहेका सहयोगहरु पर्याप्त नभएको डिमानको भनाई छ ।

विपद् कुनै व्यक्ति समुदाय र क्षेत्रको निजि मामला नभएर यो एउटा सामाजिक, सार्वजनिक, मानवीय, मानवतावादी एवं मानव अधिकारको विषय रहेको समेत सञ्जालको भनाई छ । यी विपद्का घटनाहरुमा राहत, उद्धार तथा पुनर्लाभ समेतका विपद् व्यवस्थापनका कार्यका लागि आवश्यक सहयोग जुटाउन पर्याप्त बजेट सहित राहत पुर्नलाभ, पुनर्निर्माण तथा  पूनर्स्थापनाका कार्यक्रम लागू गरी विपद् व्यवस्थापनको कार्यलाई थप व्यवस्थित, समन्वयात्मक एवं योजनावद्ध ढंगले सञ्चालन गरी राज्यको आधारभूत सामाजिक सुरक्षाको उत्तरदायित्वलाई उच्च प्राथमिकताकासाथ पुरा गर्न डिमानले नेपाल सरकार, सम्बन्धित प्रदेश, स्थानीय तह तथा विपद् व्यवस्थापनका क्षेत्रमा कार्यरत सम्वद्ध सरोकारवाला पक्षसंग हार्दिक अनुरोध अनुरोध समेत गरेको छ । साथै यस विपद्को दु:खद घडीमा पीडीतहरुको राहत तथा पुनर्स्थापनाका लागि विशेष रुपमा डिमान आवद्ध सम्पूर्ण सदस्य संस्थाहरुलाई जिम्मेवार, अनुशासित, मर्यादित एवं स्वस्फुर्त स्वयमसेवी भावले विभिन्न सरकारी तथा गैर सरकारी संस्था निजी क्षेत्र स्थानिय निकायहरुसंग सहकार्य र समन्वय, साझेदारीमा क्रियाशिल हुन पनि सञ्जालले अनुरोध गरेको छ । यस्ता संवेदनशील घडीमा मानविय सहायताको काममा सबै राजनीतिक दल, नागरिक समाज, राष्टिय तथा अन्तर्रष्ट्रिय गैर सरकारी संघ संस्था, उद्योगी, व्यापार व्यवसायी, शिक्षक, कर्मचारी, पेशाकर्मी, सञ्चार जगत, विद्यार्थी लगायत सबै  नेपालीहरुलाई आ– आफ्नो क्षेत्रबाट योगदान गर्न पनि राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल (डिमान) ले अपील गरेको छ ।

(हेर्नुस राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल (डिमान) को विज्ञप्ति)

 

२०८१ आश्विन १६, बुधबार प्रकाशित 1 Minute 54 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार