
एलपि पाण्डे (अर्जुन )
नेपाल । अहा! नाम सुन्दा नै आनन्द लाग्ने । मनोरम प्राकृतिक छटाह, चाँदि जस्ता टल टल टल्केका हिमालमा ति चुचुरा, हरिया ति पहाड पर्वत र कञ्चन खोला झरना । जुन बिन्दुबाट जता फर्किएर हेरेता पनि मनोरम नै मनोरह दृश्य पोतिएका यस्तो देश हो, जुन देश पयर्टकको लागि स्वर्ग समान छ । जुन देश हिमाल पहाड तराईमा फैलिएको छ हिमालको माइनस ३० डिग्री सेल्सियस तापक्रम देखि पहाडमा सामान्यतया २० देखि २५ डिग्री र तराईमा ३५ देखि ४० डिग्रीको तापक्रम एकै ऋतुमा महसुष गर्न सकिन्छ । यहॉ बिभिन्न जात-जाति भाषा,धर्म सबैको आ-आफ्नै बेग्लै पहिचान आफ्नै चाडपर्व रितीरिवाज संस्कृती रहिआएको छ । भूगोल, मौसम, रहनसहन र रितिरिवाज तथा कता संस्कृतिका हिसाबले पनि नेपालमा पर्यटनको धेरै नै सम्भावना रहेको छ । यहाँका खोला नाला वन जंगल जंगली जानवर धेरै थरिका चरा चुरूँगीहरूको चिरविर आवाजले जुनसुकै देशबाट आएका पयर्टकहरूको मन निकै लोभ्याउने गर्दछ । नेपाल सामुन्द्रीक सतहबाट ४० मीटर देखी बिश्वको अग्लो शिखर सगरमाथा ८८४८.८६ मीटर सम्मको अग्लो स्थान समेटिएको सुन्दर भूगोलले बनेको छ । बिश्वलाईनै लोभ्याउने प्रकृतिले पुर्ण सम्पन्न प्राकृतिक रुपमा धनी नेपाली हामी हजारौ वर्ष पुरानो मठमन्दिर, चैत्य र गुम्बाहरू तथा चर्च तथा मस्जितहरुले बिश्वको ध्यान खिच्न सफल भएको छ ।



तथापी हाम्रो देश नेपालका बारेमा सरकारी तर्फबाट अझ पर्याप्त रुपमा पर्यटन क्षेत्रको प्रचार प्रसार तथा सम्वर्द्धन हुन सकिरहेको छैन । अहिले जे जति प्रचारप्रसार भएको छ त्यो सबै व्यक्तिगत तथा निजी क्षेत्रको पहलमा भेरहेको यथार्थ कतै लुकेको छैन । पर्यटन व्यावसायी तथा रिक्रियशन होलिडेका सञ्चालक हरि कडरिया कै शब्त सापटी लिने हो भने पनि हाल निजी क्षेत्रको पहलमा ३५ लाख पयर्टकलाई समेट्न सक्नेगरि सुबिधा सम्पन्न होटल र ट्रेकिङ र अन्य सुबिधाहरू दिन सक्छ तथापी सरकार भने ११ लाख बिदेशी पर्यटक आए भनेर दंग पर्ने गरेको अवस्था छ । यसले के उजागर गर्छ भने पर्यटन क्षेत्रका सवालम सरकारको जे बुझाइ छ त्योफ सतही बाहेक केहि छैन । उच्च प्राथमिकतामा पर्यटनलाई राख्ने हरेक सरकार तथा प्रधानमन्त्री र मन्त्रीहरुको भाषण केबल भाषणमा नै सिमित रहेको कतै छिपेको छैन । यहाँका बाटो-घाटो, ट्रेकिङ ट्रेलहरु र सरकारको तर्फबाट गर्नुपर्ने सबै काम चुस्त रुपमा हुन सक्यो भने यो देश आर्थिक हिसाबले तथा विश्वमानचित्रमा सम्पन्न देश बन्नेमा कुनै शंका छैन । पर्यटन क्षेत्रबाट हुने आम्दानीलेमात्रै पनिल मुलुकले कायापलट गर्न सक्ने सम्भावना छ तर यसका लागि राज्यप्रणाली, निजी क्षेत्र तथा नागरिक तहबाट समेत सहकार्य र समन्वयको खाँचो भने पक्कै छ ।
हामी प्राकृतिक सम्पदाको धनि, सगरमाथा रहेको र गौतम बुद्धको जन्मस्थल तथा देवादीदेव महादेवको भूमि पवित्रपाशवतक्षेत्र पशुपतिनाथ समेत यहिँ भएको देशका जनताले यसको सम्वर्धन हुन नसकेकाल् दु:ख पाइरहेका छौ । यसको मुल जड भनेको राज्य सञ्चालनम पुगेकाहरुको दुरदर्शीताको अभाव नै हो ।
साथै हिमालको देश भनेर चिनिने नेपालको पहिँचान माथि अर्को खतरा पैदा हुँदै छ । विश्व उष्णिकरण अर्थात् पृथ्वीमा बढिरहेको तापमानका कारण हामी र हाम्रो हिमाल प्रताडित बन्दै छ ।
अहिलेको यो शिशिर ऋतुका समयमा हिँउले ढपक्क ढाकिनु पर्ने हिमालहरु काला पत्थरमा ठिङ्ग उभिएका देख्न थालिएका छन । पोखराबाट देखिने माछापुच्छ्रे लगायतका हिमालहरु अब बिस्तारै कालो चट्टानमा रुपान्तरण हुँदै गएका नेपालले के देखाएर पर्यटन प्रवर्द्धन गर्ने भन्ने चिन्ता थपिएको छ ।
नेपाल एक प्रकृति प्रद्त मुलुक हो र यसको सम्वर्द्धनमा सरकार, स्थानीय तथा नागरिक समाज र निजी व्यवसायिक क्षेत्रको सहकार्य र समन्वय हुन सके पर्यटन नै नेपालको जीवन हो, पर्यटन नै नेपालको भविष्य हो र पर्यटनले नै नेपाललाई बचाउछ ।
जय पर्यटन ।
(पाण्डे हिमाली पथप्रदर्शक समेत हुनुहुन्छ )
यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।