२०८२ बैशाख ५ शुक्रबार

जलवायु चुनौतिका बारेमा अन्तर्राष्ट्रिय कार्यशाला सम्मपन्न

पुष १२, काडमाडौं । नेपाल युएस एलम्नाई नेटवर्क नुसानले जिइस्ट अन्तर्राष्ट्रिय फाउण्डेन, काठमाडौँ विश्वविद्यालय, र स्वोतिश्री गुरुकुल आइबी स्कूलसँगको सहकार्यमा काठमाडौँमा जलवायु चुनौतिका बारेमा कार्यशाला सम्मपन्न गरेको छ । वर्ल्ड च्याम्पियनशिप अन क्लाइमेट एक्सन नाम दिएको उक्त कार्यक्रमलाई बन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले उद्घाटन गर्नु भएको थियो । शिक्षा र जलवायु परिवर्तनको महत्त्वपूर्ण विषयलाई केन्द्रमा राख्दै नुसानले जलवायु चुनौति सम्मेलन र चौथो ग्लोबल समिट अन एजुकेशन गरि एकै दिन दुई विशेष कार्यक्रम सम्पन्न गरेको हो । यी कार्यक्रमहरूले शिक्षा, वातावरण, र दिगो भविष्यको लागि साझा प्रयासलाई थप प्रवर्द्धन गर्न मद्त पुग्ने विश्वास कार्यक्रमका सहभागिहरुको थियो ।

वर्ल्ड च्याम्पियनशिप अन क्लाइमेट एक्सन २०२४ को उद्घाटन गर्दै वनमन्त्री ठकुरीले वातावरण संरक्षणका क्षेत्रमा नेपाल सरकारले चालेको कदम तथा आगामी रणनीतिबारे जानकारी गराउनु भएको थियो । विश्वव्यापीरुपमा देखा परेको जलवायु परिवर्तको असरबारे चर्चा गर्दै उहाँले नेपालले कम कार्वन उत्सर्जन गरेर पनि बढि बातावरणीय क्षति बेहोर्नु परेको भन्दै जलवायुको क्षेत्रमा नेपालले नगरेको गल्तीको सजया भोग्नु परिरहेको बताउनु भयो । साथै वातावरणीय संरक्षण र यसका सम्भावित जोखिमका विषयमा जानकारी गराउने यस खालका कार्यक्रमहरु विद्यालय तहका विद्यार्थी तथा शिक्षकहरुले गरिरहेको प्रति मन्त्री मन्त्री ठकुरीले प्रशंसा गर्नु भयो । कार्यक्रममा स्वस्तिश्री विद्यालयकी प्राचार्य नेहा केसीले विद्याथीहरुलाई यसरी जलवायु परिवर्तन र वातावणीय जोखिमको जानकारी गराउनुले भविष्यमा उनिहरुले यसको दिगो संरक्षणमा भुमिका खेल्न सक्ने भन्दै समाजिक जागरणका लागि पनि यस्ता अभियानले महत्वपुर्ण भूमिका खेल्न सक्ने बताउनु भयो । यस अवसरमा सहभागि नेपाल, बंगलादेश, भियतनाम भारत र अमेरिकाका बिद्यार्थीहरुको जलवायु परिवर्तन र विश्व तामानवृद्धिका विषयमा जानकारिमुलक प्रदर्शनी र प्रस्तुतीहरु कार्यक्रममा समावेश थियो । उनिहरुको प्रस्तुतीका आधारमा उत्कृष्ट प्रस्तुतीका आधारमा क्रमश प्रथम, द्वितीय तथा तृतीय हुनेहरुलाई पुरस्कार सहित सम्मान समेत गरिएको थियो । कार्यक्रममा अमेरिका, बङ्गलादेश, भारत, र भियतनामजस्ता देशका ११४ अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको सहभागिता रह्यो, जसमा विद्यार्थीहरू, शिक्षकहरू, र प्राध्यापकहरू सामेल थिए। यी प्रतिनिधिहरूले कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरको बनाउँदै, आफ्ना विविध अनुभव र दृष्टिकोण प्रस्तुत गरे। साथै, शिक्षा र जलवायु परिवर्तन क्षेत्रमा क्रियाशील २० भन्दा बढी एलुम्नाइ सदस्यहरूको सक्रिय संलग्नताले यो कार्यक्रम अझ प्रभावकारी र सफल बनेको नुसानका अध्यक्ष प्रविना अमात्यले जानकारी दिनु भयो ।


यसैगरि चौथो ग्लोबल समिट अन एजुकेशन कार्यक्रम काठमाडौँ विश्वविद्यालयको कला तथा शिक्षा संकाय, हात्तिबनमा सम्पन्न भयो। कार्यक्रममा शैक्षिक क्षेत्रका प्राध्यापकहरू, शिक्षकहरू, र अनुसन्धानकर्ताहरूका बीचमा नयाँ शैक्षिक प्रविधि, नवीन पद्धति, र शिक्षाको गुणस्तर सुधार गर्न आवश्यक नीति र योजना तयार गर्न मद्दत पुग्ने गरि छलफल भएको थियो । सहभागीहरूले शिक्षा क्षेत्रलाई अझ सशक्त बनाउन अन्तर्राष्ट्रिय अनुभव र विशेषज्ञताहरू साटासाट गरे। यो कार्यशालाले विशेष रूपमा २१औँ शताब्दीको शैक्षिक चुनौतीहरू सामना गर्न आवश्यक ज्ञान र सीपहरू विकास गर्न सहयोग पुर्‍याएको सहभागिहरुले बताए ।

यी कार्यक्रमहरूले शिक्षा र जलवायु परिवर्तनजस्ता दुई महत्त्वपूर्ण विषयहरूको महत्त्वलाई पुनः पुष्टि गर्दै, ज्ञान आदान-प्रदान र सहकार्यका लागि अन्तर्राष्ट्रिय मञ्च प्रदान गरेको थियो । भविष्यमा यस्ता कार्यहरू अझ सशक्त रूपमा सञ्चालन गर्न प्रेरणा पनि यस कार्यक्रमले दिएको आयोजकहरुको भनाई छ।

२०८१ पुष १३, शनिबार प्रकाशित 1 Minute 367 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार