
७ माघ, काठमाडौँ । संघीय संसदको दुबै सदनको बैठक माघ १८ गते बोलाउन सरकारले सिफारिस गरेको छ । सोमबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति समक्ष संसद बैठक बोलाउन सिफारिस गरेको हो ।
बैठकपछि कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले सरकारले संघीय संसदको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति राम चन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले माघ १८ गते दिउसो ३ बजे संघीय संसदको दुवै सदनको बैठक बोलाउन सिफारिस गरेको बताउनुभएको हो ।



यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।