२०८२ बैशाख ६ शनिबार

अजय श्रेष्ठको सभापतित्वमा रास्वापाको धादिङ-काठमाडौँ सम्पर्क विभाग गठन

३ फागुन, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकाे धादिङ काठमाडौँ सम्पर्क विभागको सभापतिमा अजय श्रेष्ठ चयन भएका छन । धादिङ जिल्लामा स्थायी घर भएका तथा धादिङ जन्मथलो रहेर काठमाडौँमा रहने रास्वपाका समर्थक तथा शुभेच्छुकहरुको भेलाले आज श्रेष्ठको सभापतित्वमा १७ सदस्यीय सम्पर्क विभाग गठन गरेको हो ।

विभागको उपसभापतिमा विष्णु सिलवाल,सचिवमा उज्वल श्रेष्ठ चयन भएका छन । साथै धादिङका सबै स्थानीय तहबाट प्रतिनिधित्व हुने गरि सदस्यहरु विभागमा समेटिएको रास्वपा धादिङका सचिव मिनबहादुर अधिकारीले जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवहाक सभापति तथा धादिङबाट प्रतिनिधिसभामा समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्ने डिपी अर्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सह-महामन्त्री तथा प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठ, केन्द्रीय सदस्य उपेन्द्र पाण्डे, केन्द्रीय तथा प्रादेशीक विभागका पदाधिकारी, बागमती प्रदेश समितिका पदाधिकारी, धादिङ जिल्लाका पदाधिकारी लगायतको सहभागिता थियो । कार्यक्रममा कार्यवहाक सभापति अर्यालले विभागका पदाधिकारीहरुलाई शुभकामना दिँदै जनताको साथमा रहेर पार्टीको हितमा काम गर्न निर्देशन दिएका थिए । सम्पर्क विभाग तथा जिल्लागत रुपमा उदाहरणीय काम गरेर देखाउन समेत अर्यालको सुझाव थियो ।

कार्यक्रममा धादिङका विभिन्न स्थानीयतहबाट रास्वपाको सदस्यता लिएका नयाँ सदस्यहरुलाई व्याच लगाइदिएर अर्यालले  पार्टीमा स्वागत गरे। धादिङ जिल्ला सभापति सूर्यमणि पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभागमा चयन भएका पदाधिकारीहरुलाई केन्द्रीय सदस्य उपेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।

२०८१ फाल्गुन ३, शनिबार प्रकाशित 1 Minute 606 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार