२०८२ बैशाख ६ शनिबार

राप्रपा महामन्त्री धवलशमशेर राणालाई हाजिर जमानीमा रिहा गर्ने तयारी

५ वैशाख, काठमाडौँ । तीनकुनेमा भएको आन्दोलनका क्रममा भएको आगजनी प्रकरणमा पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणालाई सरकारले रिहा गर्ने तयारी गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाडौँले उनलाई हाजिर जमानीमा छाड्न लागेको हो ।

क्यान्सरका बिरामी राणाको नियमित फलोअप गर्नका लागि भारत जानुपर्ने भएकाले उनलाई हाजिर जमानीमा छाड्ने तयारी भएको स्रोतको भनाइ छ ।

राजावादी समू्हले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएसँगै राणा सोही दिन पक्राउ परेका थिए । क्यान्सरका बिरामी उनलाई उपचार गर्नबाट बञ्चित गर्न खोजिएको भन्दै शुक्रबार मात्रै राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आपत्ति जनाएको थियो ।

२०८२ बैशाख ५, शुक्रबार प्रकाशित 0 Minutes 13 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार