२०८२ बैशाख ६ शनिबार

शिक्षकमहासंघका प्रतिनिधिसँग भेट्दै प्रधानमन्त्री ओली

५ वैशाख, काठमाडौं । शिक्षक महासंघका प्रतिनिधिले प्रधानमन्त्री केपी ओलीसँग आज साँझ भेट गर्ने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको महासंघको टोलीले प्रधानमन्त्री ओलाई आज साँझ भेट्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ७ बजे भेट्नका लागि समय दिएको बताउदै आफ्नो माग मुद्दाबारे प्रधानमन्त्रीलाई जानकारी गराउन लागेको शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले जानकारी दिए ।  प्रधानमन्त्री ओलीलाई भेट्नु अघि महासंघ आन्तरिक छलफलमा जुटेको छ ।

आन्दोलनको समीक्षा गर्न र प्रधानमन्त्रीसँग राख्ने कुराको छलफल गर्न बैठक बस्न लागिएको थापाले बताए । शिक्षक महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।

शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच संवाद भइरहेपनि सहमति जुटेको छैन । मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय गरेमा आन्दोलनको मोडालिटी परिर्वतन गर्न सक्ने संकेत महासंघले दिएको छ ।

शिक्षकहरुको माग अनुसार नै विद्यालय शिक्षा विधेयकलाई लक्षित गरेर  १२ वैशाखमा संसदको वर्षे अधिवेशन आह्वान गरेको सरकारले दाबी गरेता पनि शिक्षकहरू आश्वस्त भएका छैनन् ।

२०८२ बैशाख ५, शुक्रबार प्रकाशित 0 Minutes 12 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार