२०८२ बैशाख १४ आईतवार

आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता निस्कर्षविहिन, किस्ताबन्दीमा सहमति नगर्ने शिक्षक महासंघको अडान

१३ वैशाख, काठमाडौं । नेपाल शिक्षक महासंघ र सरकारबीच आज बिहान भएको वार्ता निस्कर्षविहिन बनेको छ ।  सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा बसेको बैठक बिनानिस्कर्ष टुंगिएका हो । तर छलफल र संवादलाई निरन्तरता दिने निर्णय भएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले छलफललाई निरन्तरता दिने कुरा भएको र  दुई पक्षीय सहमतिमा फेरि फेरि बस्ने सम्बाद गर्ने कुरालाई निरन्तरता दिने निर्णय भएको उललेख गरे । तथापि अर्को बैठक कहिले बस्ने भन्ने टुंगो भएको छैन ।

वार्तामा शिक्षक महासंघले आफना मागहरु मन्त्री पन्त समक्ष राख्दै आफनो अडानबाट पछि नहटने बताएपछि वार्तामा ठाेस सहमति हुन नसकेको बताइएको छ । मन्त्री पन्तले शिक्षकहरुले उठाएकाे माग सुनिसकेपछि आफूले सबै मागहरु पूरा गर्न सक्दाे  काेशिस गर्ने बताएका थिए ।

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताबाटै समाधान खोज्न सरकार प्रतिबद्ध रहेको भन्दै शिक्षकहरूलाई हिजो नै वार्तामा बोलाएका थिए र शुक्रबार दिउँसो तीन तीन बजे बस्ने भनिएको वार्ता भाँडिएपछि आज बसेको थियो ।

यसअघि बिहीबार सर्वोच्च अदालतले विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने गरी तीनभित्र शिक्षकका माग सम्बोधन गर्न आदेश दिएको थियो । सोही अनुसार मन्त्रालयले वार्ताबाट माग सम्बोधनको प्रयास गरेको हो ।

शिक्षकहरूले गत चैत २० गतेदेखि शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै आएका छन् ।

लामो समय शैक्षिक हड्ताल हुँदा सामुदायिक विद्यालयको पढाइ प्रभावित भएको छ ।

२०८२ बैशाख १३, शनिबार प्रकाशित 0 Minutes 35 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार