२०८२ जेष्ठ ९ शुक्रबार

कर्मचारीहरुमा कुलिङ पिरियड २ वर्ष राख्ने सहमति

२ जेठ, काठमाडौं । अवकाश प्राप्त सरकारी कर्मचारीहरूको कुलिङ पिरियड २ वर्ष राखिने भएको छ । गृहमन्त्री रमेश लेखकले कर्मचारीमा कुलिङ पिरियड २ वर्ष राख्न सरकार सहमत भएको बताएका हुन् ।

कुलिङ पिरियड भनेको अवकाश पाएपछि कति समयसम्म अर्को नियुक्ति नलिने भन्ने व्यवस्था हो । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवा विधेयकमाथि छलफल जारी छ । जहाँ गृहमन्त्री लेखकले कुलिङ पिरियड २ वर्ष राखेर जाने प्रस्ताव गरे।

कानुन बनाउन वा संशोधन गर्न फेरि अर्को पटक केही समय लाग्ने र तत्काल संशोधन गर्ने कुरा पनि त्यति जायज नहुने भन्दै उनले कुलिङ पिरियड २ वर्ष राखेर जाने उनको प्रस्ताव छ । सरकार २ वर्ष कुलिङ पिरियड राख्न सहमत भएसँगै यो विषय अगाडि बढ्ने भएको समितिका एक सदस्यले बताए ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका सांसदले कुलिङ पिरियड २ वर्ष राख्नु उचित हुने बताउँदै आएका छन् । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले भने १ वर्ष राख्नुपर्ने बताएको थियो । एमाले लचक भएपछि सरकार २ वर्ष कुलिङ पिरियड राखेर जान सरकार सहमत भएको हो ।शुक्रबारको बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेसका सांसद हृदयराम थानी लगायतले सरकारले २ वर्ष कुलिङ पिरियड राख्ने प्रस्ताव स्वीकार गरेकोमा धन्यवाद दिए ।

२०८२ जेष्ठ २, शुक्रबार प्रकाशित 0 Minutes 17 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार