
१४ जेठ, काठमाडौँ । आज ११ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक २ घण्टा ढिला गरि सुरु भएको दस मिनेटमानै आधा घण्टाका लागि स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको नाम जोडिएकाले उनको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सहित रास्वपा, राप्रपा, नेकपा एस लगायतका दलहरुले सदनमा अवरोध गर्दै आएका छन । भोलि बजेट ल्याउनु पर्ने संवैधानिक वाध्यता रहेकाले पनि सरकारलाई प्रतिपक्षीको अवरोधले समस्या निम्त्याएको छ । सदनको गतिरोध खुलाउनकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेर अवरोध हटाइ सदनको काम-कारवाहि अघि बढाउने वातावरण बनाउन आग्रह गरेका छन । आज बिहान सभामुख देवराज घिमिरेले पनि सदनको अवरोध हटाउन दलका प्रमुख सचेतक तथा सचेतकहरुसंग छलफल गरेका थिए ।
हिजो ११ बजेका लागि बोलाइएको बैठक पनि झण्डै एक घण्टा ढिला गरि सुरु भएता पनि गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरिय छानबिन आयोग गठनको माग गर्दै सदन नियमित सुचीमा प्रवेश गर्न नस्कने भन्दै विरोध गरेका थिए।



यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।