२०८२ भाद्र १७ मंगलवार

दाहालको प्रश्न -सत्तारूढ दलकै कार्यकर्ता समेत असन्तुष्ट हुने गरी एक वर्षमा कसको विश्वास जित्नुभयो ?

३० असार, काठमाडौं ।  संसदमा आज विशेष सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार कामले कांग्रेस एमाले कै नेता कार्यकर्ता खुसी बन्न नसकेको भन्दै आलोचना गर्नुभएको छ।

उहाँले अप्राकृतिक गठबन्धनको औचित्यमाथि प्रश्न उठाउँदै सरकारसँग जनताको भरोसा र नैतिक धरातल अझै बाँकी छ कि छैन भन्ने गम्भीर प्रश्न गर्नुभयो।

प्रचण्डले भन्नुभयो, ‘राज्यको स्रोत र साधन सीमित दलाल पुँजिपति र विचौलियाले दोहन गरिरहेका छन्, जनतामध्ये को खुसी छ ?’ उहाँले पचासौं हजार शिक्षक सडकमा उत्रिएको, राष्ट्रसेवकहरु कार्यालय बन्दको चेतावनी दिइरहेको, चिकित्सक आन्दोलनमा उत्रिनु परेको, सहकारी र मीटरब्याज पीडितको समस्या झन जटिल बन्दै गएको उल्लेख गर्नुभयो।

उहाँले सरकारका गतिविधिबाट आम जनता मात्र होइन, सत्तारूढ दलकै कार्यकर्ता समेत असन्तुष्ट भएको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गर्नुभयो, ‘यो एक वर्षमा तपाईंले कसको विश्वास जित्नुभयोरु कुन वर्ग लाभान्वित भयो ?’

उहाँले भन्नुभयो – ‘सरकारका गतिविधिले जनविश्वासको गम्भीर प्रश्न खडा गरेको छ।’

२०८२ असार ३०, सोमबार प्रकाशित 1 Minute 37 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।