२०८२ माघ १ बिहीबार

पूर्वप्रधानमन्त्री भट्टराई आज भारत जाँदै

६ पाैष, काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डाक्टर बाबुराम भट्टराई आज भारत जाँदै छन् । केहि समयअघि मात्रै प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका भट्टराईले भ्रमणका क्रममा भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग महत्त्वपूर्ण भेटघाट र छलफल गर्नेछन्। विशेषगरी नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य र लोकतान्त्रिक अभ्यासका समसामयिक विषयमा उनले आफ्ना विचारहरू राख्ने उनको सचिवालयले जारी गरेको विज्ञेप्तीमा जनाएको छ।

भट्टराईले भारतको प्रतिष्ठित शिक्षण संस्था आईआईटी बम्बईमा आयोजना हुने टेकफेस्टमा सहभागी भई दक्षिण एसियाको लोकतान्त्रिक भविष्यः युवा, प्रविधि र समावेशी लोकतन्त्रु विषयमा विशेष सम्बोधन गर्नेछन्।

यस्तै नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा साउथ एसियन फोरम फर पिपुल्स इनिसिएटिभद्वारा आयोजित एक विशेष कार्यक्रममा उनी प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्।

भट्टराई पुस ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

२०८२ पुष ६, आईतवार प्रकाशित 0 Minutes 92 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार