२०८३ श्रावण १३ बुधबार

राष्ट्रिय मानव अधिकार आयोगद्वारा जेनजी युवा रवि किरणलाई बोलायो

३० पुष, काठमाडौंराष्ट्रिय मानव अधिकार आयोगले २०८२ भदौ २३ २४गते भएको प्रदर्शनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिसम्बन्धमा अनुसन्धान प्रयोजनका लागि रवि किरण हमाललाईछलफलमा उपस्थित हुन अनुरोध गरेको छ।

आयोगले माननीय सदस्य डा. लीलि थापाको संयोजकत्वमा गठितअनुसन्धान समितिमार्फत उक्त घटनाको अध्ययन गरिरहेको जनाउँदै, २०८२ पुष ३० गते बिहान ११ बजे हरिहर भवन, पुल्चोकस्थितआयोगको केन्द्रीय कार्यालयमा छलफलका लागि उपस्थित हुन पत्राचारगरेको हो।

छलफलमा प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचार, राहत तथाक्षतिपूर्ति, साथै राज्य पक्ष सरोकारवाला निकायबाट भएकापहलहरूबारे जानकारी लिने उद्देश्य रहेको आयोगले जनाएको छ।

हमालले मानव अधिकार आयोग समक्ष उपस्थित भएर आफ्नो कुराराख्ने बताएका छन्।

२०८२ पुष ३०, बुधबार प्रकाशित 0 Minutes 232 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।