२०८२ माघ १ बिहीबार

काठमाडौंको गोकर्णेश्वरमा ट्राफिक लाईट जडान

पुष ३० काठमाडौं।काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा काठमाडौंको गोकर्णेश्वर स्थित नारायणटार पुलको ट्राफिक लाईट उद्‌घाटन भएको छ । उक्त कार्यक्रममा स्वागत मन्तव्य ट्राफिक प्रहरी बृत्त बौद्धका प्रहरी निरीक्षक शेखरजंग थापाले राख्नुका साथै गोकर्णेश्वर नगरपालिका उपप्रमुख सान्नानी लामा र प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक सप्ताहको विषयमा आ-आफ्ना विचार व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले ट्राफिक सप्ताह ट्राफिक व्यवस्थापनको मात्र विषय नभएर नागरीक सुरक्षाको विषय समेत रहेको बताउनु भयो । कार्यक्रमका सभापति गोर्कर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालले प्रहरीले गरेका सबै अभियान हामी नागरीकको सुरक्षा लागी भएको र प्रहरीका लागी हरेक कार्यमा सहयोग गर्न आफ्नो नगरपालिका तत्पर रहेको बताउनु भयो । ट्राफिक लाइट जडान पश्चात कम जनशक्तिबाट पनि ट्राफिक व्यवस्थापन गर्न र सवारी  आवागमन सहज बनाउन मद्त पुग्ने निरीक्षक थापाले बताउनु भयो। थापाले जिम्मेवारी सम्हाले यता यस क्षेत्रको ट्राफिक व्यवस्थापन सहज भएको र दुर्घटनामा समेत न्यूनिकरण आएको स्थानीयहरुको भनाइ छ। साथै नागरिक र प्रहरीको साँझेदारी तथा स्थानीयतहसंगको समन्वय समेत प्रभावकारी रहेको प्रति जनप्रतिनिधिहरुले समेत निरीक्षक थापाको प्रशंसा गर्ने गरेका छन। कार्यक्रममा बिभिन्न बिद्‌यालयका विद्‌यार्थी,समाजसेवी,यातायात व्यवसायी,पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

२०८२ पुष ३०, बुधबार प्रकाशित 1 Minute 43 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार