२०८३ श्रावण १३ बुधबार

डीपी अर्यालसँग जम्काभेट भएपछि कलाकार रुपाखेतीले भने- अब विजय जुलुसको पनि तयारी थाल्नुस्

६ फागुन, काठमाडौँ– हास्य कलाकारका रूपमा उदाएका दमन रुपाखेती अहिले चर्चित टीभी श्रृखंला ‘मेरी बास्सै’का निर्देशक र अभिनेता हुन्। तिनै रुपाखेतीसँग आज (बुधबार) रास्वपाका उपसभापति एवं काठमाडौँ निर्वाचन क्षेत्र नं. ९ का उम्मेदवार डोलप्रसाद अर्याल (डीपी)को जम्काभेट भयो।

नागार्जुन नगरपालिका–७ मा घरदैलो गर्ने क्रममा अर्याल र रुपाखेतीबीच भेट भएको हो। भेटमा अर्यालले कलाकारहरूको कामको सम्मान गर्दै रुपाखेतीलाई फूल दिएर खादा ओढाइदिए। अर्यालले भने, ‘समाज बनाउन तपाईंहरूको योगदान अतुलनीय छ।’

सो क्रममा रूपाखेतीले उम्मेदवार अर्याललाई खुलेर समर्थन जनाएका थिए। उनले क्षेत्र नं. ९ मा परिवर्तनको स्पष्ट संकेत देखिएको पनि बताए।

अर्यालको काम गर्ने शैली र चुनावी अभियानको उत्साहलाई लक्षित गर्दै रूपाखेतीले भने, ‘अहिलेको यो तयारी र जनताको उत्साह हेर्दा २१ गते निर्वाचन भएर २५ गते विजय जुलुस निस्कने निश्चित छ। यही हिसाबले अघि बढ्नुस्, तपाईंको जित सुनिश्चित छ।’

काठमाडौँ ९ मा अर्यालको पक्षमा जनलहर बढ्दै गएको देखिएको छ। उनको सरल स्वाभाव र काम गर्ने हुटहुटीका कारण पनि उनको पक्षमा मतदाता देखिएका हुन्।

अर्यालले आज (बुधबार) नागार्जुन नगरपालिका–७, ८ र ९ का विभिन्न ठाउँमा घरदैलो गरेका थिए। घरदैलोका बेला मतदाताले सकारात्मक प्रतिक्रिया दिएका थिए।

२०८२ फाल्गुन ६, बुधबार प्रकाशित 0 Minutes 258 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।