२०८२ बैशाख ३ बुधबार

प्रसाईंलाई प्रहरीद्वारा पक्राउ

६ असोज, काठमाडौं । झापाका दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको हो ।

उनलाई साइबर ब्यूरोबाट खटिएको टोली र भक्तपुर प्रहरीको सहयोगमा पक्राउ गरिएको हो ।प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनको घरमै पुगेको थियो । घरमा पुगेका प्रहरीको आग्रह प्रसाईंले अटेरगरेपछि बल प्रयेग गरेर उनलाई नियन्त्रणमा लिएको हो ।

उनि विरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा जाहेरी परेपछि केहि दिन अघि नै जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

२०८१ आश्विन ६, आईतवार प्रकाशित 0 Minutes 108 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार