२०८२ मंसिर १५ सोमबार

बाढी पहिरोमा परी दुई सय पाँचको मृत्यु, २४ जना अझै बेपत्ता

१४ असेज, काठमाडौं । अविरल वर्षाको कारण गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या २०५ पुगेको छ। 

प्रहरी प्रधान कार्यालयले सोमबार साँझ दिएको जानकारी अनुसार हालसम्म २०५ जनाको शव फेला परेको हो। 

नेपाल प्रहरीका अनुसार काठमाडौं उपत्यकामा ५६ जना, कोसी प्रदेशमा १७ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १ सय २५ जना, लुम्बिनी प्रदेशमा २ जना गरी जम्मा २ सय ५ जनाको मृत्यु भएको हो । 

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा २४ जना, कोसी प्रदेशमा १३ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ८५ जना गरी जम्मा १ सय ३० जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ।

साथै काठमाडौँ उपत्यकामा २ हजार १ सय ५५ जना, कोसी प्रदेशमा २ सय ९० जना, मधेस प्रदेशमा ३५ जना, बागमती प्रदेशमा ७ सय ४५ जना र गण्डकी प्रदेशमा ९ सय ९७ जना गरी जम्मा ४ हजार २ सय २२ जनाको उद्दार गरिएको छ।

बाढी पहिरोमा परी २४ जना बेपत्ता भएका र उनीहरुको खोजी कार्य जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ।

२०८१ आश्विन १४, सोमबार प्रकाशित 0 Minutes 170 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।