२०८१ पुष ८ सोमबार

रमणीय मनास्लु पदमार्गमा भरिभराउ पर्यटक, लार्के तर्फ लर्को

२० असोज, गोरखा। शरद ऋतुको आगमनसँगै उत्तरी गोरखाको मनास्लु क्षेत्रमा पर्ने मनास्लु पदमार्गमा पर्यटकको घुँइचो लागेको छ। दसैंअघि दैनिक मनास्लुमा सय भन्दा धेरै पर्यटकहरु आउने गरेको पर्यटन व्यावसायीहरु बताउछन। यस मनास्लु संरक्षण क्षेत्रमा लार्के (५२०५ मिटर) र ग्या (५३७५ मिटर) जस्ता उच्च पास (ला) हरूका साथै काल ताल र वीरेन्द्र तालजस्ता कैयौँ ताल–तलैयाहरू पर्दछन।मनास्लु क्षेत्र विशिष्ट सांस्कृतिक, ऐतिहासिक र प्राचीन गुम्बाहरू साथै जडिबुटी र जैविक विविधताले भरिपूर्ण रहेको छ। बुढीगण्डकी जलाधार, चुमनुव्री लार्के पास हुँदै मनाङ–मुस्ताङ जाने मुख्य पदमार्ग, मनोरम हिमशृङ्खला र अलौकिक संस्कृतिसहितको विशिष्ट भू-परिवेशले गर्दा यसक्षेत्र पर्यटक आकर्षणको केन्द्रसमेत बनेको छ। यहाँ जानकालागि काठमाडौंबाट सल्यानटार, आरुघाट हुँदै सोतीखोलासम्म गाडीमा पर्यटकहरु पुग्ने गर्दछन।  हिउँदमा जगतसम्म गाडी पुग्छ।पर्यटकहरु माछाखोला, जगत, एक्लेभट्टी, चिसापानी, ड्याङ, नाम्रुङ, ल्हो हुँदै सामागाँउ पदयात्रा गर्ने गर्छन।पर्यटकहरु सामागाँउमा २ देखि ३ दिनसम्म एक्लिमिटाईजको लागि बास बस्छन्। त्यसपछि धर्मशाला हुँदै लार्के पास (५१६०) पार गर्दै, मनाङको भिमथाङ, तिल्जे हुँदै धारापानी निस्किन्छ। धारापानीदेखि बेसीसहर हुँदै काठमाडौं  फर्कने गर्दछन ।

तस्वीरहरु – लक्ष्मीप्रसाद पाण्डे (अर्जुन) facebook.com/arjun.pandey.184

 

२०८१ आश्विन २०, आईतवार प्रकाशित 1 Minute 104 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार