२०८१ पुष ८ सोमबार

मतियार र विचौलियासँग कहिल्यै सम्झौता गर्दिँनः मन्त्री पाण्डे

 

कात्तिक २७, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेल मतियार र विचौलियासँग कहिल्यै पनि सम्झौता नगर्ने उद्घोष गर्नुभएको छ ।
मंगबार नेपाल विद्याश्रम संस्कृति माध्यमिक विद्यालयको स्वर्ण महोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनु भएको हो ।
मन्त्री पाण्डेले इमान्दार भएर काम गर्न खोज्नेहरुलाई स्वार्थ समूहका कारण घेराबन्दीमा पार्न खोजेको बताउनुभयो । उहाँले भन्नुभयो,प हिला राजनीति गर्ने व्यक्तिहरु बलियो हुनुहुन्थ्यो । अहिले स्वार्थ समूहका शक्तिाशाली भएको देखिरहेको छु । मन्त्री पाण्डेले अगाढि भन्नुभयो, मैले तीन चार महिनाको अवधिमा निष्ठापूर्वक काम गरिहँदा केही स्वार्थ समूहका मतियारले मलाई मान मर्दन गर्ने,मेरो मनोवल, आत्मबलाई गिराउने गरी काम गरिरहेका छन् ।

मन्त्री पाण्डेले पशुपति नाथको मन्दीरलाई साक्षी राख्दै भन्नुभयो,म यो पशुपति नाथको मन्दिर अगाडि प्रतिज्ञा गरेर भन्न सक्छु, करोड खाएको कुरा केही अनलाइनहरुलाई प्रयोग गरेर, केही विचौलीयाका मतियारहरुले आरोप लागएका छन् , कारोड त के कौडी खाएको खाएको पुष्टि गरेको दिन म पशुपतिको ढोका अगािड आएर मेरो राजनीतिक जीवन परित्याग गर्ने प्रतिज्ञा गर्न चाहान्छु ।
उहाँले आफू स्वार्थ समूहका मतियार र विचौलियाहरुसँग कहिल्यै पनि सम्झौता नगर्ने बताउनु भयो । उहाँले देश र राष्ट्रको हितका लागि जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने प्रष्ट पार्नु भयो ।
उहाँले उहाँले आफू संस्कृति पढेको, धर्मप्रति आस्था र विश्वास राख्ने व्यक्ति भएको उल्लेख गर्दे आफूले राजनीतिलाई सेवाभावको रुपमा बुझेको प्रष्ट पार्नुभयो ।

मतियारहरुले करोड होइन कौडी खाएको पुष्टि गरे राजनीतिक जीवन समाप्त गर्ने छु’
राजनीतिक भित्र विकृति विसंगतीका मतियारहरुले तथ्य, प्रमाण र हल्लाका रुपमा सामाजिक सञ्जालको प्रयोग गर्दे अपवाह फैलाइएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
कुन व्यक्तिले राजनीतिलाई दूरुपयोग गरिरहेको छ? कुन व्यक्तिले राजनीतिलाई सदूपयोग गर्नु भएको छ ? भन्दै उहाँले थप्नु भयो, म आत्मविश्वासको साथ भन्न सक्छु, बाल्मिकि क्याम्पसको स्ववियु सभापति हुँदा र मन्त्री हुँदा समेत आफ्नो जीवनशैलीमा कुनै परिवर्तन छैन ।

२०८१ कार्तिक २७, मंगलवार प्रकाशित 1 Minute 42 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार