२०८१ पुष ८ सोमबार

नवराज गौतम फौजदारी कानुन पुरस्कारबाट अधिवक्ता इटनी सम्मानित

वरिष्ठ अधिवक्ता डा. नवराज गौतम फौजदारी कानून पुरस्कारबाट अधिवक्ता कमल प्रसाद इटनीलाई सम्मानित गरिएको छ । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए नेपाल) को ३५ औँ स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रमका बीच अधिवक्ता इटनीलाइ उक्त पुरस्कार प्रदान गरिएको हो।

इटनी लामो समयदेखि फौजदारी कानुनमा अभ्यासरत छन्। लामो समय कानुन र न्यायको क्षेत्रमा लागेका वरिष्ठ अधिवक्ता गौतमको २०७८ सालमा हृदयाघातबाट निधन भएको थियो। उनको कानुन र न्यायको क्षेत्रमा अतुलनीय लगाव रहेकाले उनका छोरा अधिवक्ता रामचन्द्र (आरसी) गौतमले उनको स्मृतिमा नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) को स्थापना दिवसको अवसरमा पुरस्कारको घोषणा गरेका हुन्। वरिष्ठ अधिवक्ता गौतमलाई समग्र न्याय क्षेत्र तथा कर्णाली क्षेत्रको न्याय र कानुनका पथप्रदर्शकको रूपमा लिने गरिन्छ।पाँच लाख रुपैयाँ राशिको अक्षय कोष स्थापना गरी हरेक वर्ष फौजदारी कानुनको क्षेत्रमा क्रियाशील १ जना अधिवक्तालाई डिएलए मार्फत सम्मानपत्र सहित नगद पुरस्कार प्रदान गरिएको छ।यो पुरस्कार प्रदान गर्न डिएलएले प्राध्यापक रञ्जितभक्त प्रधानाङ्गको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो।

२०८१ मंसिर ९, आईतवार प्रकाशित 0 Minutes 56 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार