मंसिर १८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चिनियाँ राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा भेटवार्ता भएको छ ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले केहीबेरअघि मात्रै राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् ।
यसअघि प्रधानमन्त्री ओलीले समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए । सो भेटवार्ताको क्रममा दुई प्रधानमन्त्रीको उपस्थितीमा दुई देशका अधिकारीहरुले ९ बुँदे सहमति तथा समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
ग्रेट हल अफ दी पिपुलमा भएको दुई पक्षीय वार्ताले दुई देशको सम्बन्धलाई थप उचाइमा पूर्र्याउन सहयोग पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सोमबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली २० गते स्वदेश फर्किने छन् ।
यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।