
पुष १६, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ‘बाल विवाह मुक्त नेपाल राष्ट्रिय अभियान’ सफल बनाउन शुभकामना दिनुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा अभियानकर्मीहरुसँग आज भएको भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रिय बाल कल्याण परिषद्को अगुवाइमा आजदेखि आरम्भ भएको सो अभियानलाई शुभकामना दिनुभएको हो । बाल विवाह एक सामाजिक समस्या र कानुनी अपराध भएकाले यसविरुद्ध अभियान सञ्चालन गरी नेपाललाई बाल विवाह मुक्त बनाउने सङ्कल्पमा प्रधानमन्त्री ओलीले हस्ताक्षर पनि गर्नुभयो । मुलुकी अपराध संहिता, २०७४ मा बाल विवाहलाई दण्डनीय मानेको छ ।



भेटमा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, लुम्बिनी प्रदेशका पूर्व मुुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भारतको ‘जष्ट राइट्स फर चिल्ड्रेन’ का संस्थापक भुवन रिम्भु र बाल विवाह भोगेर हाल यसविरुद्धको अभियानमा सम्लग्नहरुको उपस्थिति रहेको थियो ।
यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।