
माघ ५ , धादिङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विकास निर्माणमा भएको गतिरोध चिर्न अध्यादेश ल्याएको बताउनु भएको छ ।
छोटो छोटो समयमा हुने सरकार परिवर्तनले नेपालको विकासलाई खण्डित गरेका कारण दुई ठूला दल मिलेर सरकार निर्माण गरेको बताउदै गर्दै विकासको गतिरोध चिर्न अध्यादेश ल्याएको दाबी गर्नु भयो ।
बुढी गण्डकी जलविद्युत् आयोजनाको डुबानमा पर्ने नरसिंह धामको संरक्षणको बारे आयोजित कार्यक्रम बोल्दै उक्त कुरा बताउनु भएको हो । बुढी गण्डकी सरकारले उच्च महत्व दिएका जल विद्युत आयोजना मध्य एक भएकाले आयोजना सफल हुने उहाँ भनाइ थियो । नरसिंह धामको संरक्षणको लागि एक अर्व ५० करोडको लागतमा धाम क्षेत्रलाई सिसा भित्र राख्ने योजना आगाडी सारिएको थियोे ।
मन्त्री पाण्डेले यो योजना नेपालको लागि नयाँ भएकोले बिस्तृत अध्यान पछी मात्र यो विषय टुंगो लागाउने बताउनु भएको थियो ।



यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।