
८ माघ, काठमाडौँ । नेकपा एमालेले आगामी भदौमा विधान अधिवेशन गर्ने निर्णय गरेको छ । मंगलबार राति बालुवाटारमा बसेको एमाले सचिवालय बैठकले आउँदो भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा विधान अधिवेशन गर्ने निर्णय गरेको एक पदाधिकारीले बताएका छन । त्यसैगरी केन्द्रीय कमिटी बैठकले पास गरेको तीन महिने वडाकेन्द्रित अभियान सञ्चालन गर्ने, प्रदेश कमिटीमा मनोनयन अनुमोदन गर्ने निर्णय गरेको छ ।



यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।