२०८१ चैत्र २९ शुक्रबार

अर्थमन्त्री पौडेल र पोखरा महानगरका मेयर आचार्यको सघन कक्षमा उपचार हुँदै

३ फागुन, काठमाडौँ । पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर विस्फोट भएपछि  घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको कीर्तिपुरस्थित  बर्न अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले प्रारम्भिक मूल्याङ्गन अनुसार दुवैको ५-६ प्रतिशत शरीर जलेको जानकारी दिएका छन् । तर अनुहारमा जलन भएकोले श्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाई छ ।

कार्यक्रमस्थलमा दुर्घटना भए लगत्तै अर्थमन्त्री पौडेलको गण्डकी मेडिकल कलेज र मेयर धनराज आचार्यको फिस्टेल अस्पताल प्राथमिक उपचार गरेर हेलिकप्टरमार्फत काठमाडौं पठाइएको थियो ।

२०८१ फाल्गुन ३, शनिबार प्रकाशित 1 Minute 40 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार