२०८१ चैत्र २९ शुक्रबार

श्रम मन्त्रालय घुसको अड्डा बनेको हो ? पूर्वश्रममन्त्री अर्यालको प्रश्न

२३ पागुन, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यबहाक सभापति डीपी अर्यालले श्रम मन्त्रालय घुसको अड्डा बनेको  भन्दै सरकारको ध्यानकर्षण गराएका छन् । पूर्वश्रममन्त्रीसमेत रहेका अर्यालले शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सरकारको ध्यानाकर्षण गराएका हुन । बैठकमा अर्यालले देशमा रोजगारी नपाएर युवाहरू दैनिक हजारौं विदेशिएको समाचार अब नयाँ  नरहेको र  हामीसँग श्रम मन्त्रालय रहेको तथा मन्त्रालयको उद्देश्य भनेको रोजगार सिर्जना, युवाहरुलाई देशमा बस्ने वातावरण बनाउने होइन र भन्दै प्रश्न गरे ।  तर मन्त्रालयलाई कहिले बिचौलियाले चलाएको आरोप छ त ट्रेड युनियनका सदस्यहरूलाई विदेश घुमाएको आरोप रहेको उनको भनाई थियो । तर अहिले विदेशिन बाध्य युवाहरूसँग घुस सङ्कलन गर्ने अड्डा बनेको भनेर चर्चा  हुने गरेको अर्यालको भनाई थियो ।  ताहाचलमा रहेको श्रम कार्यालयमा दैनिक करिब ७५ लाख घुस असुली भइरहेकोबारे मन्त्री र कार्यालय प्रमुखलाई जानकारी गराउँदासमेत बेखबर हुनु भनेको अब मन्त्रालय घुसको अड्डा बनेको हो भनेर उनको प्रश्न थियो । बैठकमा उनले भने- सभामुख मार्फत यसबारे सरकारको ध्यानाकर्षण होस् ।

२०८१ फाल्गुन २३, शुक्रबार प्रकाशित 1 Minute 46 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार