२०८१ चैत्र ३१ आईतवार

आईपीयूको स्वास्थ्य समिति सदस्यमा रास्वपा सांसद गौतम निर्वाचित

२७ चैत, काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतम १५०औं अन्तरसंसदीय संघको महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिमा निर्वाचित भएकी छन् । उनी चार वर्षे कार्यकालका लागि उक्त समितिमा निर्वाचित भएकी हुन् ।

आईपीयु महासभाको २१४औं अधिवेशनमा स्वास्थ्यसम्बन्धी सल्लाहकार समूहलाई स्तरोन्नति गरी स्वास्थ्यसम्बन्धी समिति बनाउने निर्णय गरिएको थियो।

नवगठित समितिको नियमअनुसार, २०२५ अप्रिल ९ मा आईपीयु शासकीय परिषद्ले १५ सदस्यलाई चार वर्षे कार्यकालका लागि निर्वाचित गरेको हो ।

उनीसँगै समितिमा भारत, मेक्सिको, यूएई, केन्या, नेदरल्याण्ड्स, स्विटजरल्यान्ड, अल्जेरिया, आयरल्यान्ड, फ्रान्स, नामिबिया, उज्बेकिस्तन र जिम्बाब्वेका प्रतिनिधि पनि निर्वाचित भएका छन ।

स्वास्थ्यसम्बन्धी समितिमा निर्वाचित सदस्यहरूः

१. एस. आर. अल मन्सूरी – संघीय राष्ट्रिय परिषद् सदस्य, संयुक्त अरब इमिरेट्स
२. सी. मुएका मुम्मा – सिनेट सदस्य, केन्या
३. एस. जैसवाल – लोकसभा सदस्य, भारत
४. एस. एभिला – डेप्युटी सभागृह सदस्य, मेक्सिको
५. जे. टिलन – प्रतिनिधिसभा सदस्य, नेदरल्याण्ड
६. सी. लोहर – राष्ट्रिय परिषद् सदस्य, स्विट्जरल्याण्ड
७. एफ. इलिमी – जन प्रतिनिधि सभासदस्य, अल्जेरिया
८. एल. क्लिफर्ड–ली – सिनेट सदस्य, आयरल्याण्ड
९. भि. रियोटोन – राष्ट्रिय सभासदस्य, फ्रान्स
१०. ई. टाङ्गी मुतेका – राष्ट्रिय परिषद् सदस्य, नामिबिया
११. सोबिता गौतम – प्रतिनिधिसभा सदस्य, नेपाल
१२. ओ. अतानियाजोवा – सिनेट सदस्य, उज्बेकिस्तान
१३. एस. त्शाबाङ्गु – सिनेट सदस्य, जिम्बाब्वे

२०८१ चैत्र २७, बुधबार प्रकाशित 0 Minutes 16 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार