
४ वैशाख, काठमाडौँ । नेपाल प्रहरीका ६ जना डीआईजीहरुलाई अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । सिफारिस सूचीको पहिलो नम्बरमा चन्द्र कुवेर खापुङ छन् ।
बिहिबार बसेको बढुवा समितिको बैठकले लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई बढुवा सिफारिस गरेको छ ।



एआईजीमा बढुवा सिफारिस भएका खापुङ, आचार्य र पोखरेल आईजीपी दीपक थापाकै ब्याचमेट हुन् । उनीहरु २०५२ कार्तिक २७ मा प्रहरीमा प्रवेश गरेर २०८० वैशाख ६ मा डीआइजी भएका थिए ।
दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसी र २०५४ चैत १८ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरीमा प्रवेश गरेका थिए ।
भुटानी शरणार्थी प्रकरणको फाइल खोलेर चर्चामा आएका डा.केसी प्रहरीमा काविल अफिसर भनेर चिनिन्छन् । शरणार्थी प्रकरणको अनुसन्धान र मुद्दाको अभियोजन हुँदा दानबहादुर कार्की जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख थिए ।
यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।