२०८२ बैशाख १२ शुक्रबार

भूकम्पीय जोखिम न्यूनीकरणमा एकजुट होऔँ : राष्ट्रपति पौडेल

१२ वैशाख, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरण गर्न नीतिगत तथा भौतिक संरचना सुधार आवश्यक रहेको बताएका छन। । भूकम्प स्मृति दिवसका अवसरमा आज जारी सन्देशमार्फत राष्ट्रपति पौडेलले भूकम्प रोक्न नसकिए पनि यसबाट हुन सक्ने सम्भावित जोखिम कम गर्न सकिने भएकाले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने बताएका हुन ।

विक्रम संवत् २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भई भूकम्प गएको १० वर्ष पूरा भएको छ । उक्त भूकम्पमा परी ज्यान गुमाउनेप्रति राष्ट्रपति पौडेलले गहिरो समवेदनासमेत व्यक्त गरेका छन। । सन्देशमा बढ्दै गइरहेको सहरीकरणले भूकम्पीय जोखिम अझ बढाएको र मानवनिर्मित भौतिक संरचनाले जोखिम बढाएका कारण यसको न्यूनीकरणमा ध्यान दिनुपर्ने उनको कथन छ ।

नेपाल प्राकृतिक प्रकोपको दृष्टिले उच्च जोखिममा रहेका कारण आमजनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनु आवश्यक रहेको कुरा सन्देशमा राष्ट्रपति पौडेलले उल्लेख गरेका छन।

२०८२ बैशाख १२, शुक्रबार प्रकाशित 0 Minutes 8 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार