२०८२ जेष्ठ ९ शुक्रबार

मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

३० वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

गत १५ चैतमा पक्राउ परेका मिश्रसहितका आरोपितलाई आठौंपटक म्याद थपका लागि मंगलबार काठमाडौं जिल्ला अदालतमा लगिएको थियो ।

राजावादीले १५ चैतमा काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि त्यसमा भूमिका खेलेको आरोपमा मिश्रलगायतमाथि प्रहरीले विभिन्न अभियोगमा अनुसन्धान गरिरहेको छ ।

मिश्रसँगै पक्राउ परेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणालाई स्वास्थ्य अवस्थाको कारण देखाएर प्रहरीले थुनाबाहिर राखेर अनुसन्धान गरिरहेको छ । पछि पक्राउ परेका आन्दोलनका कमान्डर भनिएका दुर्गा प्रसाईं पनि थुनामै छन् ।

२०८२ बैशाख ३०, मंगलवार प्रकाशित 0 Minutes 19 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार