२०८२ असार २४ मंगलवार

कांग्रेस सभापति देउवा र गृहमन्त्री रमेश लेखक बालुवाटारमा

१४ जेठ, काठमाडौं। भोलि संसदमा बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ तर भिजिट भिसा प्रकरणरमा गृहमन्त्रीको नाम जोडिएको भन्दै रमेश लेखकको  राजीनामा माग गर्दै  प्रतिपक्षीले मंगलबारबाट सदन अवरोध जारी राखेका छन । भिजिट भिसामा नाम मुछिएपछि नैतिक संटकमा परेका गृहमन्त्री रमेश लेखक आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई लिएर प्रधानमन्त्री निवास बालुवाटारामा पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न देउवा र लेखक बालुवाटार पुगेका हुन्।

प्रमुख प्रतिपक्षलगायत विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरोध गरेपछि सो विषयमा छलफल गर्न देउवा र लेखक प्रधानमन्त्री निवास पुगेका हुन्। मंगलबार संसद बैठकमा विपक्षी दलले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध पारेका थिए।

उनीहरुले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरुद्ध पर्ने चेतावनी दिएका छन्। आज पनि संसद बैठक बस्दैछ। तर प्रतिपक्ष दलले अवरोध पार्ने सम्भावना छ। सरकारले बिहीकार बजेट सार्वजनिक गर्दैछ।

बिहीबार बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यतामा रहेको सरकारले प्रतिपक्ष दललाई कसरी विश्वासमा लिने भन्ने विषयमा छलफल हुने बताइएको छ।

२०८२ जेष्ठ १४, बुधबार प्रकाशित 0 Minutes 87 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।