
२० जेठ, काठमाडौँ । आज ११ बजेका लागि बोलइएको प्रतिनिधिसभा बैठक भोलि सम्मका लागि स्थगित भएको छ । भोलि (बुधबार) दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको संसद सचिवालले जनाएको छ ।
मंगलबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजे बस्नेगरी सुरुमा स्थगित भएको थियो । बजेट प्रस्तुतका लागि मात्रै सदनको गतिरोध रोकेका प्रमुख प्रतिपक्षी सहितका विपक्षी दलहरुले फेरि सदन अवरोधलाई निरन्तरता दिने भनेपछि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक तथा सचेतकहरुसँगको छलफल अघि बढाएका थिए ।



गृहमन्त्रीको राजीनामा माग गरेका विपक्षी दलहरूसँगको छलफलमा सहमति जुट्न नसकेपछि बैठक पुनः स्थगित गरिएको हो ।
यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।