२०८३ जेष्ठ १७ आईतवार

रवि लामिछानेलाई राज्यले गरेको अन्यायविरुद्ध आवाज उठाएँ : मनिषा कोईराला

२६ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै रास्वपाले थालेको हस्ताक्षर अभियानमा अभिनेत्री मनीषा कोइरालाले ऐक्यबद्धता जनाएकी छन्। बिहीबार रास्वपाको केन्द्रीय कार्यालयमा पुगेर उनले लामिछानेमाथि अन्याय भएको भन्दै न्यायका लागि हस्ताक्षर गरेको बताएकी छन ।

आफू कुनै पार्टीमा आबद्ध नभएको र आमनागरिकका रूपमा लामिछानेमाथि राज्यबाट अन्याय भएकाले विरोधमा आवाज उठाउन हस्ताक्षर गरेको उनले बताइन्।

रास्वपाको हस्ताक्षर अभियानमा विपिन कार्की, खगेन्द्र लामिछाने, रमेश उप्रेती, किरण केसीलगायत कलाकारले साथ दिएका छन्।

सहकारीमा कुनै सम्बन्ध नहुँदा पनि राजनीतिक प्रतिशोधका आधारमा सरकारले उनीविरुद्ध विभिन्न मुद्दा चलाएको भन्दै रास्वपाले लामिछानेको न्यायका लागि देशैभर हस्ताक्षर अभियान थालेको हो।

२०८२ असार २६, बिहीबार प्रकाशित 0 Minutes 265 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।