२०८२ श्रावण १५ बिहीबार

एञ्जल फर्टिलिटीले भन्यो “नाबालिग किशोरीहरूलाई अण्डा दाताको रूपमा भर्ती गर्ने अनैतिक कार्यमा हाम्रो कुनै संलग्नता छैन”

३२ असार, काठमाडौँ। प्रजनन सेवा प्रदान गर्दै आएको एञ्जल फर्टिलिटी क्लिनिकले आफुहरु कुनै गैरकानुनी तथा अनैतिक कार्यम संलग्न नरहेको भन्दै सार्वजनिक केहि सञ्चार माध्यमका समाचारको खण्डन गरेको छ । बुधबार एक सन्देश जारी गर्दै एञ्जल फर्टिलिटी क्लिनिकले केही सञ्चार माध्यमहरूमा आएका समाचारहरूमाथि स्पष्ट पार्न चाहेको भन्दै नाबालिग किशोरीको अण्डा संकलन जस्तो अनैतिक कार्यमा आफुहरु कसैको संलग्नता नरहेको बताएको छ ।  गलत ढंगले एञ्जल फर्टिलिटी क्लिनिक र आफ्ना एक कर्मचारीलाई अर्को फर्टिलिटी क्लिनिकसँग सम्बन्धित अनुसन्धानमा जोडेको भनेर समाचारमा उल्लेख भएको प्रति क्लनिकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  समाचारमा हाम्रा एक कर्मचारीले नाबालिग किशोरीहरूलाई अण्डा दाताको रूपमा भर्ती गराएको आरोप लगाइएको छ, जुन पूर्ण रूपमा निराधार र असत्य रहेको पनि क्लिनिकले स्पष्ट पारेको छ ।

समाचारमा उल्लेखित यी आरोपहरू कुनै प्रमाण वा तथ्यमा आधारित नभएको र एञ्जल फर्टिलिटी क्लिनिक र यहाँका कर्मचारीहरूको उक्त घटनासँग कुनै पनि प्रकारको संलग्नता नरहेको भन्दै एञ्जल फर्टिलिटीले अर्कै सस्था र फरक व्यक्तिलाई जोडेर यसरी आफुहरुको सस्थाको नाम बद्नाम गर्ने दुराशययुक्त समाचार प्रकाशन तथा प्रशारण भएकोप्रति आपत्ती समेत जनाएको छ । समाचारमा उल्लेख गरिएका पीडित वा अन्य व्यक्तिहरू आफ्नो क्लिनिकमा नआएको र यस कार्यमा आफुहरुको चिकित्सक तथा व्यवस्थापन टिमका सदस्यहरुको कुनै किसिमले संलग्न नभएको उल्लेख गरेको छ।

सन्देशमा एञ्जल फर्टिलिटी क्लिनिक एउटा प्रतिष्ठित संस्था रहेको, जसले सधैं उच्च नैतिक मूल्य, कानुनी दायित्व र बिरामीको हितलाई पहिलो प्राथमिकतामा राखेर सेवा दिँदै आएको उल्लेख छ। आफुहरु नाबालिगसँग सम्बन्धित कुनै पनि गैरकानुनी, अनैतिक वा निन्दनीय कार्यको कडा शब्दमा विरोध र निन्दा गर्ने भन्दै क्लिनिकले कानुनको पालना र सबैको कल्याण सुनिश्चित गर्न आफुहरुको प्रतिबद्धता दृढ रहेको बताएको छ।

एञ्जल फर्टिलिटीले आफ्ना सेवा ग्राही तथा सर्वसाधरणहरुलाई यस प्रकारको भ्रामक समाचारले चिन्ता उत्पन्न गराएको प्रति दु:ख व्यक्त गर्दै आफ्नो सेवा ग्राही र सर्वसाधरणहरुलाई यस्ता भ्रामक तथा तथ्यहिन समाचारमाथि विश्वास नगर्न आग्रह गर्दै आफुहरु उत्कृष्ट र नैतिक प्रजनन सेवा प्रदान गर्न पूर्ण रूपमा समर्पित रहेको बताएको छ । साथै क्लिनिकले गलत समाचारहरूको वास्तविकता पत्ता लगाउन र सच्याउन सम्बन्धित समाचारगृह तथा सरोकारवाला निकाय र व्यक्तिहरूसँग  सम्पर्क गरिसकेको जनाएको छ ।

स्वास्थ्य जस्तो गम्भीर र संवेदनशील विषयमा कुनै पनि सामग्री प्रकाशन गर्नु अघि यस्ता संवेदनशील विषयहरूबारे तथ्य पुष्टि र आवश्यक अनुसन्धान अनिवार्य रूपमा गर्न समेत क्लिनिकले सबे सञ्चार माध्यमहरुलाई अनुरोध गरेको छ । कुनै पनि गैरकानुनी काम गर्ने सस्था वा व्यक्तिले कानुनी सजाय पाउनु पर्ने स्मरण गरार्दै क्लिनिकले आफुहरुसँग कुनै पनि कोणबाट सम्बन्धित नभएको बिषयमा जोडिएर आउने समाचार र यस्ता त्रुटीले सस्थाको बद्नाम हुने, सर्वसाधरणलाई भ्रम पर्ने त छँदै छ समाचार र सञ्चार सस्थाको समेत विश्वसनियतामा प्रश्न उठ्ने भन्दै सत्य तथ्यमा आधारित  भएर मात्र समाचार सार्वजनिक गर्न आग्राह गरेको छ ।

२०८२ असार ३२, बुधबार प्रकाशित 0 Minutes 255 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार