२०८२ श्रावण १६ शुक्रबार

शान्त र गम्भीर शैलीमा विद्या भण्डारीको पुरानै दृढता

९ साउन, काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीले आफुमा पदप्रति कुनै लालसा, महत्त्वाकांक्षा र आशक्ति नभएको भन्दै राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको बताउदै नेकपा एमालेको सकृय राजनीतिमा कसैले रोक्न नसक्ने बताएकी छन । उनले राष्ट्रपतिको दुई कार्यकाल पुरा गरे पश्चात पहिलो पटक नेकपा एमालेको पूर्वउपाध्यक्षको हैसियतमा  शुक्रबार दिउँसो  पत्रकार सम्मेलन मार्फत आफ्नो सदस्यता खारेज गर्न नसक्ने बताइन ।

राष्ट्रपति हुनुअघि ३५ वर्ष र त्यसयताको १० वर्ष गरी ४५ वर्ष एमालेकै सदस्य भएको दाबी पनि भण्डारीले गरेकी छन् । सोहीकारण पार्टीले आफ्नो सदस्यता कुनै हालतमा खोस्न नमिल्ने भण्डारीको तर्क थियो ।

११ कात्तिक २०७२ मा राष्ट्रपति हुनुअघि उनी एमाले उपाध्यक्ष थिइन् । दोस्रो कार्यकाल पार्टी उपाध्यक्ष रहेकी भण्डारी एमालेको तर्फबाट उम्मेदवार बन्दै राष्ट्रपतिमा निर्वाचित भइ शीतलनिवास पुगेकि थिइन ।

राष्ट्रपतिमा पनि दुई कार्यकाल सकेर २०७९ फागुनमा शीतलनिवासबाट फर्किएकी भण्डारीले गत १४ असारमा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।

मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसर पारेर भण्डारीले सदस्यता नवीकरण गरेको घोषणा गरेपछि एमालेभित्रको शक्ति संघर्ष नै बदलिएको र उनको राजनीति पुनरागमनको विषयलाई लिएर पार्टीमा ध्रुबीकरण देखिएको छ ।

२०८२ श्रावण ९, शुक्रबार प्रकाशित 0 Minutes 31 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।