२८ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसले आकस्मिक रुपमा केन्द्रीय समिति बैठक आह्वान गरेको छ।
मंसिर २९ गते बिहान ९ बजे बस्ने गरी बैठक आह्वान भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।



बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिलाई उपस्थित हुन भनिएको छ।
कांग्रेस नेता, पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएकोले शोक प्रस्ताव पारित गर्न कांग्रेसले बैठक आह्वान गरेको हो।
यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


