३० पुष,काठमाडौँ । सुनचाँदीको मूल्यमा बुधबार पनि वृद्धि भएको छ । बुधबार सुनमा एक हजार पाँच सयले वृद्धि भएको हो । भने चाँदीमा तीन सय १५ रुपैयाँले वृद्धि भएको हो ।
बुधबार सुनको मूल्य २ लाख ७८ हजार रुपैयाँले कायम गरिएको छ भने चाँदी पाँच हजार ६ सय ५५ रुपैयाँमा कारोवार भएको नेपाल सुुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै मंगलबार सुन २ लाख ७६ हजार ५ सय रुपैयाँ मा कारोवार भएको थियो । त्यस्तै चाँदीको ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।



अमेरिकी डलरको उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको व्यवसायीहरूले बताएका छन् । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३५ र त्यति नै परिमाणको सेतो धातु ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


