२०८२ फाल्गुन १८ सोमबार

काठमाडौंको गोकर्णेश्वरमा ट्राफिक लाईट जडान

पुष ३० काठमाडौं।काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा काठमाडौंको गोकर्णेश्वर स्थित नारायणटार पुलको ट्राफिक लाईट उद्‌घाटन भएको छ । उक्त कार्यक्रममा स्वागत मन्तव्य ट्राफिक प्रहरी बृत्त बौद्धका प्रहरी निरीक्षक शेखरजंग थापाले राख्नुका साथै गोकर्णेश्वर नगरपालिका उपप्रमुख सान्नानी लामा र प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक सप्ताहको विषयमा आ-आफ्ना विचार व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले ट्राफिक सप्ताह ट्राफिक व्यवस्थापनको मात्र विषय नभएर नागरीक सुरक्षाको विषय समेत रहेको बताउनु भयो । कार्यक्रमका सभापति गोर्कर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालले प्रहरीले गरेका सबै अभियान हामी नागरीकको सुरक्षा लागी भएको र प्रहरीका लागी हरेक कार्यमा सहयोग गर्न आफ्नो नगरपालिका तत्पर रहेको बताउनु भयो । ट्राफिक लाइट जडान पश्चात कम जनशक्तिबाट पनि ट्राफिक व्यवस्थापन गर्न र सवारी  आवागमन सहज बनाउन मद्त पुग्ने निरीक्षक थापाले बताउनु भयो। थापाले जिम्मेवारी सम्हाले यता यस क्षेत्रको ट्राफिक व्यवस्थापन सहज भएको र दुर्घटनामा समेत न्यूनिकरण आएको स्थानीयहरुको भनाइ छ। साथै नागरिक र प्रहरीको साँझेदारी तथा स्थानीयतहसंगको समन्वय समेत प्रभावकारी रहेको प्रति जनप्रतिनिधिहरुले समेत निरीक्षक थापाको प्रशंसा गर्ने गरेका छन। कार्यक्रममा बिभिन्न बिद्‌यालयका विद्‌यार्थी,समाजसेवी,यातायात व्यवसायी,पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

२०८२ पुष ३०, बुधबार प्रकाशित 1 Minute 105 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।