काठमाडौं, भाद्र ३०: आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले आगामी मंसिर १६ मा उपनिर्वाचन गर्ने निर्णय गरेको सरकारका पेरवक्ता तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनु भयो । निर्वाचन आयोगले आइतबार मात्रै सरकारलाई आगामी मंसिर १६ गते उपनिर्वाचन गर्नका लागि सुझाव दिएको थियो । उक्त सुझाव अनुसार नै सरकारले निर्णय गरेको हो । निर्वाचन आयोगका अनुसार ३ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष सहित ३९ पद रिक्त छ । काठमाडौंको कीर्तिपुर नगपालिका तथा मोरङको ग्रामनाथ र दैलेखको महाबु गाउँपालिकामा प्रमुखको पद रिक्त छ । दोलखाका गौरीशंगर, कालीकोटको नलगाड र डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकाको उपप्रमुख पद पनि रित्त रहेको छ ।
यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।