२०८२ बैशाख ५ शुक्रबार

नेपाल र कोरियाबीच नेपाल एयरलाइन्सको सिधा उडानबारे छलफल

मंसिर १८, काठमाडौं।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले गणतन्त्र कोरियाको राष्ट्रिय सभाका संस्कृति, खेलकुद तथा पर्यटन समितिका सभापति महामहिम जन जे-सू सँग भेट गर्नु भएको छ । भेटमा नेपाल र कोरियाबीच नेपाल एयरलाइन्सको सिधा उडान सुचारू गर्ने बिषयमा छ्लफल भएको थियो । नेपाल एयरलाइन्सको सिधा उडान नहुदा कोरियामा काम गर्न जाने श्रमिकहरु मर्कामा परेको बारे जानकारी गराईएको थियो । भेटमा मन्त्री पाण्डेले यस वर्ष नेपाल र गणतन्त्र कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव परेको र दुई देशबीचको यस मैत्रीपूर्ण सम्बन्धलाई थप प्रवर्द्धन गर्न तत्पर रहेको समेत बताउनु भएको थियो । यस्तै कोरियन कम्पनी सामसुङ (Samsung) र हुन्डाइ (Hyundai) ले नेपालमा लगानी गरेर Made-in-Nepal टेलिभिजन सेट उत्पादन गर्न सुरुवात गरेको र गाडी उत्पादन गर्न लागेकोमा खुशी व्यक्त गर्नु भएको थियो । कोरियाली प्रतिनिधिहरुले कोरियामा रहेका नेपालीहरुका विषयमा देखिएका समस्या संसदमा उठाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।

२०८१ मंसिर १८, मंगलवार प्रकाशित 1 Minute 70 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार