२०८२ बैशाख ५ शुक्रबार

मध्यपुरले संस्कृतिलाई नासिन दिने छैन : मन्त्री पाण्डे

पुष १४, काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मध्यपुर थिमि नगरपालीकाले संस्कृतिलाई कहिलै नासिन नदिने विश्वास व्यक्त गर्नु भएको छ ।
मध्यपुर थिमि नगरपालीकाले आयोजन गरेको मध्यपुर महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै मध्यपुर थिमि नगरपालीकाले संस्कृतिलाई कहिलै नासिन नदिने विश्वास व्यक्त गर्नु भएको हो । महोत्सवको अवलोकन गर्दै मन्त्री पाण्डेले देश भर गरिने महोत्सवहरुले पनि यो महोत्सवबाट सिक्नु पर्ने बताउनु भयो ।

भौगोलिक रुपमा सानो नगरपालिका भए पनि यो नगरले विशाल संस्कृतिको संरक्षण गरेको उहाको तर्क थियो । उहाले महोत्सवमा प्रस्तुत गरिएका हरेक कुरालाई हेर्दा यो महोत्सव नभएर खुला संग्रहालयको रूपमा रहेको समेत उल्लेख गर्नु भयो । यस्तै मन्त्री पाण्डेले हाम्रो संस्कृति र जीवनपद्धति कसरी हुर्काएका थिए भन्ने समेत यो महोत्सवले प्रष्ट पारेको उहाँको भनाइ थियो । तीन दिनसम्म संचालन भएको महोत्सव पाँच लाख भन्दा बढीले अवलोकन गरेका थिए । महोत्सवमा स्थानीय उत्पादन मात्र प्रदर्शन तथा बिक्री वितरण गरिएको थियो ।

२०८१ पुष १४, आईतवार प्रकाशित 0 Minutes 69 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार