२०८१ पुष २९ सोमबार

चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

पुष २३, काठमाडौं । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो। बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको विभागले जनाएको छ । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो । 

आज बिहान नेपालमा महसुस गरिएको शक्तिशाली भूकम्पको केन्द्र चीनको दिङ्ग्येमा रहेको पनि राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टी गरेको छ ।

भूकम्पका कारण क्षति कति भयो भन्ने विवरण भने आउन बाँकी छ । भूकम्पले काठमाडौंसहित रसुवा, मकवानपुर, काभ्रे, धादिङ लगायत आसपासका जिल्लाहरुमा धक्का महसुस भएको थियो । ठूलो भूकम्प गएपछि पराकम्पहरु आउसक्ने भएकाले सतर्क रहनुपर्ने विज्ञहरु बताउँछन् । भूकम्पको केन्द्रविन्दु र नेपालको दूरी ९० किलोमिटर रहेको बताइएको छ । भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन ।भूकम्प गएको केही समयपछि नै अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले भने उक्त भूकम्प ७.१ म्याग्निट्यूडको भएको उल्लेख गरेको छ।

२०८१ पुष २३, मंगलवार प्रकाशित 0 Minutes 27 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार