२०८२ असार २४ मंगलवार

आज माघी तथा माघे संक्रान्ति पर्व मनाइँदै

१ माघ, काठमाडौं । आज देशभर माघे संक्रान्ति पर्व हर्षोल्लासका साथ मनाइँदैछ। माघ १ गते पर्ने यो पर्व नेपालका थारु, मगर लगायत हिन्दू समुदायले विशेष महत्त्वका साथ मनाउने परम्परा रहीआएको छ।

आजकै दिन सूर्यले मकर राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई वैदिक परम्परामा मकर संक्रान्ति पनि भनिन्छ। यस दिनबाट उत्तरायण सुरू हुने गर्छ। उत्तरायणको बेला दिनहरू लामो र रातहरू छोटो हुने गर्छन् भने गृह प्रवेश, व्रतबन्ध आदि शुभ कार्य आदिका लागि उचित मानिन्छ।

माघे संक्रान्तिमा तिल, चाकु, घ्यू, गुँदपाक, तरुल र खिचडी जस्ता परिकार खाने चलन छ। धार्मिक आस्थाका साथ देशका विभिन्न पवित्र नदी किनारमा नुहाउने र विशेष पूजा गर्ने प्रचलन रहेको छ। त्रिवेणीधाम, देवघाट, चितवनको नारायणी नदी र सुनसरीको कोशीतटमा श्रद्धालुहरूको भीड लाग्ने गर्छ।

सरकारले यस अवसरमा सार्वजनिक विदा दिएको छ।

२०८१ माघ १, मंगलवार प्रकाशित 0 Minutes 95 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।